दफा २७
सार्वजनिक खाध वितरण केन्द्र वा सुपथ मूल्य पसल सञ्चालन

(१) स्थानीय तहले ऐन तथा यस नियमावली बमोजिम निःशुल्क वा सहुलियत मूल्यमा खाद्य वितरणको कार्य देहायका केन्द्र वा पसलबाट हुने गरी व्यवस्था मिलाउन सक्नेछ:-
(क) स्थानीय तहका अधिकांश लक्षित घर परिवारलाई पायक पर्न स्थानमा सार्वजनिक खादध वितरण केन्द्र स्थापना गरी सो केन्द्रमार्फत,
(ख) आफ्नो क्षेत्रमा रहेको नेपाल सरकार वा प्रदेश सरकारको निकाय वा कम्पनीको ८ कार्यालय वा वितरण केन्द्रमार्फत, र
(ग) प्रचलित कानून बमोजिम दर्ता भएको सुपथ मूल्य पसलमार्फत।
(२) उपनियम (१) बमोजिमको केन्द्र, निकाय, कम्पनी वा पसलबाट नियम ७ बमोजिम खाद्य सहायता परिचयपत्र प्राप्त परिवार वा नियम ठ.बमोजिम खास प्रकृतिको लक्षित घर परिवारको रुपमा सिफारिस भएको परिवारले ऐन तथा यस नियमावली बमोजिम सहुलियत मूल्य वा निःशुल्क रुपमा पाउने खाद्य सहायता प्राप्त गर्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिमको केन्द्र, निकाय, कम्पनी वा पसलसम्म आएर खाद्य सहायता लिन नसक्ने अशक्त, अपाङ्गता भएको व्यक्ति र ज्येष्ठ नागरिकको लागि घरसम्म ढुवानी गरिदिने व्यवस्था सम्बन्धित पसल वा वितरण केन्द्रले गर्नु पर्नेछ र त्यस बापत लाग्ने खर्चको सोधभर्ना स्थानीय तहले उपलब्ध गराउनेछ।
(४) उपनियम (१) बमोजिमको केन्द्र, निकाय, कम्पनी वा पसलबाट नियम ७ बमोजिम खाद्य .सहायता परिचयपत्र प्राप्त परिवार वा नियम ८ बमोजिम खास प्रकृतिको लक्षित घर परिवारको रुपमा सिफारिस भएको परिबारलाई ऐन तथा यस नियमावली बमोजिम, सहुलियत मूल्य वा निःशुल्क रुपमा खाद्य सहायता प्रदान गर्दा त्यसको अभिलेख राख्नु पर्नेछ र सो प्रयोजनको लागि नेपाल सरकारले विकास गरेको विद्युतीय प्रणालीमा समेत खाद्य सहायता प्राप्त गरेको मिति, परिमाण: र किसिम खुल्ने विवरण प्रविष्टि गराउने व्यवस्था गर्न सकिनेछ।
(५) उपनियम (१) बमोजिमको केन्द्र, निकाय, कम्पनी वा पसलले प्रष्ट जनिने गरी साईनबोर्ड राखेको हुनु पर्नेछ र सम्बन्धित वडागत लगतमा समावेश भएका लक्षित परिवारको सूची राख्नु पर्नेछ।
(६) उपनियम. (१) बमोजिमको केन्द्र, निकाय, कम्पनी वा पसलले खाच्य पदार्थको निःशुल्क वितरण तथा सहुलियत मूल्यमा उपलब्ध गराएको विवरण मासिक रूपमा सम्बन्धित वडा कार्यालयमा पठाउनु पर्नेछ।
(७) स्थानीय तहले यस नियम बमोजिम केन्द्र, निकाय, .कम्पनी वा पसलमार्फत गरिने वितरण प्रणालीलाई प्रभावकारी: बनाउन खाद्य कुपन, भौचर वा अन्य उपयुक्त प्रणालीद्वारा व्यवस्थित गर्न सक्नेछ।